SATIRE / व्यंग्य - सार्वजनिक चासो

घोटाला र विवादहरु

RSP Nepal सँग सम्बन्धित सार्वजनिक चासोका घटनाहरुको विस्तृत विवरण। जवाफ माग्नु हाम्रो अधिकार हो।

10

प्रमुख घोटाला

7+

नेताले पार्टी छोडे

0

सार्वजनिक जवाफ

यो सामग्री व्यंग्यात्मक र सार्वजनिक जवाफदेहिताका लागि हो। सबै तथ्य सार्वजनिक स्रोतहरुमा आधारित छन्।
२०७९ मंसिर CRITICALअनुत्तरित

दोहोरो नागरिकता विवाद

The Passport Saga

रवि लामिछानेको अमेरिकी नागरिकता सार्वजनिक भयो। नेपाली कानुन अनुसार दोहोरो नागरिकता राख्ने व्यक्ति सांसद हुन मिल्दैन। चुनाव आयोगले पासपोर्ट जफत गर्यो।

अनुत्तरित प्रश्नहरु:

  • ?अमेरिकी नागरिकता कसरी र कहिले लिइयो?
  • ?नेपाली नागरिकता कहिले त्यागियो?
  • ?पुनः नागरिकता प्रमाणीकरणको प्रक्रिया पारदर्शी थियो?
#नागरिकता#चुनाव आयोग#संसद
२०७९–२०८० CRITICALअनुसन्धानमा

सुर्यदर्शन सहकारी घोटाला

The Cooperative Scandal — ८७ अर्ब

सुर्यदर्शन, सुप्रिम, सहारा सहकारीबाट ८७ अर्ब अपचलन। गोर्खा मिडिया नेटवर्कमा ८० करोड ३१ लाख डाइभर्ट गरिएको — ८१४ चेकमा रवि लामिछानेको एकल हस्ताक्षर।

अनुत्तरित प्रश्नहरु:

  • ?सहकारीमा पार्टी नेतृत्वको भूमिका के थियो?
  • ?निक्षेपकर्ताको पैसा कहाँ गयो?
  • ?गृहमन्त्री भएका बेला अनुसन्धान किन सुस्त भयो?
  • ?पीडितले न्याय कहिले पाउँछन्?
#सहकारी#भ्रष्टाचार#पीडित#निक्षेपकर्ता
२०८० CRITICALराजनीतिक विवाद

गृहमन्त्रीकालीन अनुसन्धान विवाद

Minister's Conflict of Interest

रवि लामिछाने गृहमन्त्री हुँदा आफ्नै विरुद्धका मुद्दाहरुको अनुसन्धान सुस्त भएको आरोप। नख्खु जेलबाट १,५०० भन्दा बढी कैदी भागे — नेपालको इतिहासकै ठूलो जेलब्रेक।

अनुत्तरित प्रश्नहरु:

  • ?गृहमन्त्री भएका बेला आफ्नैविरुद्धको मुद्दा कसले हेर्थ्यो?
  • ?न्यायिक स्वतन्त्रता सुनिश्चित भयो?
  • ?नख्खु जेलब्रेकमा गृहमन्त्रीको जिम्मेवारी के?
#गृहमन्त्री#Conflict of Interest#न्याय#जेलब्रेक
२०८१ HIGHराजीनामाको माग

इन्दिरा रानामगर भिसा काण्ड

Diplomatic Abuse of Power

उपसभामुख इन्दिरा रानामगरले पदको लेटरहेड प्रयोग गरी ५ जना युवालाई अमेरिकी भिसा मिलाइदिन दूतावासमा चिठ्ठी लेखेकी — कूटनीतिक मर्यादा र पदको दुरुपयोग।

अनुत्तरित प्रश्नहरु:

  • ?उपसभामुखको लेटरहेड किन प्रयोग भयो?
  • ?यो कूटनीतिक मर्यादा उल्लंघन होइन?
#उपसभामुख#भिसा#पदको दुरुपयोग
२०८१ CRITICALअनुसन्धानमा

मानव ओसारपसार आरोप

Human Trafficking Allegations

डोलप्रसाद अर्याल र कविन्द्र बुर्लाकोटी — ट्राभल एजेन्सी मार्फत वैदेशिक रोजगारीका नाममा मानव ओसारपसार/तस्करीमा संलग्न भएको आरोप।

अनुत्तरित प्रश्नहरु:

  • ?कतिजनालाई ठगियो?
  • ?पीडितले क्षतिपूर्ति पाउँछन्?
  • ?पार्टी नेतृत्वलाई यो जानकारी थियो?
#मानव ओसारपसार#विदेशी रोजगार#ठगी
२०८१ HIGHकारबाही भइसकेको

सेभेन समिट किर्ते काण्ड

Forged Documents for Everest

मिङ्मा शेर्पाको 'सेभेन समिट ट्रेक्स' ले नक्कली कागजपत्र बनाएर विदेशी नागरिकलाई सगरमाथा चढाएको। CIB ले ३ कर्मचारी पक्राउ गरेको।

अनुत्तरित प्रश्नहरु:

  • ?मिङ्मा शेर्पालाई यो कुराको जानकारी थियो?
  • ?अन्य कुन-कुन अभियान प्रभावित भए?
#किर्ते#सगरमाथा#पर्यटन
२०८१ CRITICALसार्वजनिक विवाद

सुलभ खरेलको सर्वोच्च अदालत जल्दा खुशी

"सिंहदरबार र अदालत जल्दा सबै भन्दा खुशी हुने मैं हुँ"

रुपन्देही-२ का उम्मेदवार सुलभ खरेलले आफ्नो Facebook मा सर्वोच्च अदालत जलाइएको घटनमा खुसियाली व्यक्त गरेको पोस्ट। कानुनविद हुँदाहुँदै पनि देशको सर्वोच्च अदालत जल्दा आनन्द मनाउने व्यक्ति — कसरी कानुनप्रति जवाफदेह हुन सक्छन्?

अनुत्तरित प्रश्नहरु:

  • ?वकिल भएर पनि अदालत जल्दा खुशी — कसरी?
  • ?यस्तो व्यक्ति सांसद बन्न योग्य छन्?
#अदालत#तोडफोड#अभिव्यक्ति
२०८२ HIGHसक्रिय विवाद

सुदन गुरुङको समानान्तर सरकार

The Shadow Government App

जेन-जी आन्दोलनका 'नेता' सुदन गुरुङले 'The Civilian Force' नामको shadow government app बनाएका। सरकारी निकायहरुलाई धम्की, राष्ट्रपतिलाई धम्की, र 'कसले मलाई रोक्छ' भन्ने ठूला ठूला दावी।

अनुत्तरित प्रश्नहरु:

  • ?समानान्तर सरकार चलाउनुको उद्देश्य?
  • ?सरकारी अधिकारीहरुलाई दिइएका धम्कीहरु कानुनसम्मत छन्?
  • ?RSP ले उनको व्यवहारको जिम्मेवारी लिन्छ?
#आन्दोलन#Shadow Government#धम्की
२०८२ CRITICALराजीनामाको लहर

टिकट वितरणमा अपारदर्शिता र बिक्री

Ticket Distribution Scandal

प्राइमरी भन्दै रु. २५,००० शुल्क असुल गरेर पनि प्राइमरी नगरी बालेन कोटाबाट टिकट वितरण। PR सूचीमा सेलिब्रिटी, व्यापारी, र नेताका आफन्तहरु — भित्री कार्यकर्ताहरु उपेक्षित। ममता शर्मा, भरत पराजुली, दिनेश हुमागाईं, प्रणय शम्शेर राणा लगायत दर्जनौंले पार्टी छोडे।

अनुत्तरित प्रश्नहरु:

  • ?प्राइमरी शुल्क लिएर प्राइमरी नगर्नु ठगी होइन?
  • ?PR सूचीमा कसरी चयन भयो — कम्तीमा ५०,००० शुल्क?
  • ?पार्टी विधानले बिना प्राइमरी टिकट दिन अनुमति दिन्छ?
#टिकट वितरण#PR सूची#राजीनामा#अपारदर्शिता
२०७९–हालसम्म HIGHखुलासा नभएको

पार्टी कोष अपारदर्शिता

Where's the Money?

'स्वतन्त्र र पारदर्शी पार्टी' भन्ने कुराको कोष खाता कहाँ छ? विदेशी चन्दाको आरोप — जगदीश खरेलले मतदातालाई नै '४५ वर्ष हनुमान बनेका' भनेर उत्तर दिए।

अनुत्तरित प्रश्नहरु:

  • ?पार्टीको मुख्य आय स्रोत के हो?
  • ?निर्वाचन खर्च कहाँबाट आयो?
  • ?विदेशी चन्दा पाएको हो?
#पार्टी कोष#चन्दा#पारदर्शिता

तपाईंसँग जानकारी छ?

नयाँ तथ्य वा जानकारी साझा गर्नुस्। सार्वजनिक जवाफदेहिताका लागि।