SATIRE / व्यंग्य
RSP 2.0 - Really Suspicious Party को "इतिहास र उपलब्धि"
RSP 2.0 एक व्यंग्य/पैरोडी वेबसाइट हो जसले राष्ट्रिय स्वतन्त्र पार्टी (RSP Nepal) को सार्वजनिक कार्यहरु, बाचाहरु र जवाफदेहिताको ट्र्याक गर्छ।
हामी विश्वास गर्छौं कि नागरिकले आफ्ना नेताहरूबाट जवाफ माग्ने अधिकार छ। राजनीतिक हास्य र व्यंग्य लोकतन्त्रको आवश्यक अंग हो।
अस्वीकरण
यो वेबसाइटको सामग्री व्यंग्यात्मक छ। हाम्रो उद्देश्य सार्वजनिक जवाफदेहिता र राजनीतिक जागरूकता हो।
जवाफ दिनुपर्ने नेताहरू

सभापति
रवि लामिछाने
वरिष्ठ नेता
बालेन्द्र शाह
Mayor to party, कति साथ?

उपसभापति
डोल प्रसाद अर्याल
कागजपत्र सम्हाल्ने

उपसभापति
डा. स्वर्णिम वाग्ले
अर्थशास्त्री (सहकारी बाहेक)

महामन्त्री
कविन्द्र बुर्लाकोटी
बाचा लेखक

सह-महामन्त्री
विपिन कुमार आचार्य
Silence specialist
कागजमा भएका र वास्तविकतामा भएका
हामी स्वतन्त्र छौं - जब सत्तामा हुँदैनौं। सत्तामा गएपछि? 'परिस्थिति बुझ्नोस्।'
हामी पारदर्शितामा विश्वास गर्छौं। तर पार्टी कोषको विवरण? 'आन्तरिक मामला हो।'
हामी युवाको पार्टी हौं! (नेतृत्व सबै ४५-६०+ वर्षका छन् - तर दिलले युवा!)
शून्य सहनशीलता! जबसम्म पार्टीका आफ्नालाई अनुसन्धान छैन।
रवि लामिछानेले TV presenter बाट सिधै राजनीतिमा फड्को मारे। 'Independent' पार्टी बन्यो - तर कसको पैसाले?
२० सिट जिते, नेपाली जनताले आस राखे। नयाँ राजनीतिको सपना देखे। (सपना मात्रै रह्यो।)
सभापतिको अमेरिकी नागरिकता सार्वजनिक। पासपोर्ट जफत। 'स्वतन्त्र' पार्टीको नेतालाई विदेशी नागरिकता कसरी?
रवि लामिछाने गृहमन्त्री बने। सहकारी अनुसन्धान धिमा भयो। संयोग?
हजारौं लगानीकर्ताको करोडौं रुपैयाँ डुब्यो। पार्टी नेतृत्वको संलग्नताको आरोप। पीडितले न्याय पाएनन्।
गठबन्धन टुट्यो। RSP विपक्षमा गयो। फेरि 'जनताको हितका लागि' भन्न थाले।
ठूलठूला बाचाहरु फेरि सुरु। RSP 2.0 ले जवाफदेहिता माग्दैछ।
घोटालाहरुको विस्तृत विवरण र बाचाहरुको ट्र्याकर हेर्नुस्।